सीमा नाकामा अलपत्र नेपालीलाई आज अन्तिम पटक आउन दिइने

१४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने
Logo
खेमराज दाहाल मंगलबार, चैत्र ११, २०७६

काठमाडौं । सरकारले लकडाउनका कारण नेपाल-भारत सीमामा अलपत्र परेकाहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ ।

मंगलबार बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकले आज एक दिनका लागि नेपाल आउन दिने निर्णय गरेको हो । बुधबारदेखि भने कसैलाई पनि प्रवेश नदिइने अर्थ र सञ्चार तथा सूचना मन्त्री युवराज खतिवडाले जानकारी दिए।

खतिवडाले सीमा क्षेत्रमा अलपत्र नेपालीलाई नागरिकतालगायत कागजपत्र हेरेर नेपाल प्रवेश गर्न दिने निर्णय भएको जानकारी दिए। ‘अन्तिम पटकका लागि आज आउन दिन निर्णय भएको छ । तर प्रदेश सरकारले स्थानीय प्रशासनसँग समन्वय गरेर १४ दिन होम क्वारेन्टाइन अनिवार्य भनेका छौं ।’

मंगलबार बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले गरेका निर्णय सुनाउँदै खतिवडाले नेपाल प्रवेशको अन्तिम मौका दिने निर्णय भएको बताए।

भारतबाट आएका ठुलो संख्यामा नेपालीहरु गड्डाचौकी नाकामा रोकिएका छन् । जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि त्यहाँ तनाव समेत भएको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]