वुहानमा पाँच दिनको शून्यतापछि फेरि नयाँ सङ्क्रमण

Logo
मंगलबार, चैत्र ११, २०७६

एजेन्सी । अहिले विश्वभरि फैलिरहेको कोरोनाभाइरसको उद्गमस्थल मानिएको चीनको वुहान सहरमा पाँच दिनको शून्यतापछि फेरि उक्त भाइरस देखा परेको छ।

कोभिड–१९ नामक रोग लगाउने नयाँ कोरोनाभाइरस पहिलो पटक हुबे प्रान्तको उक्त सहरमा देखिएको थियो। त्यहाँ केही दिनयता सङ्क्रमण घट्दै गएको थियो तथा पाँच दिनदेखि कुनै पनि नयाँ सङ्क्रमण देखिएको थिएन।

अहिले चीनभित्रबाट भन्दा पनि बाहिरबाट सङ्क्रमण भित्रिरहेको चिनियाँ अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार विगत २४ घण्टामा चिनियाँ मुख्य भूभागमा ८० वटा नयाँ सङ्क्रमण पाइएको छ।

सङ्क्रमित व्यक्तिमध्ये चार जना बाहेक बाँकी सबै चीन बाहिरबाट आएको अधिकारीहरूको भनाइ छ। (बीबीसी)

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]