कोरोना संक्रमित युवतीसँगै आएका उदयपुरका युवकमा कोरोना नेगेटिभ देखियो, होम क्वारेन्टाइनमा बस्ने गरि छाडियो

त्रिनपाले सुरु गर्यो निशुल्क एम्बुलेन्स सेवा
Logo
खेमराज दाहाल मंगलबार, चैत्र ११, २०७६

उदयपुर । कोरोना पुष्टि भएकी चैत ४ मा कतार हुँदै फ्रान्सबाट आएकी युवतीसँगै आएका एक उदयपुरका युवामा कोरोन संक्रमण नभएको रिपोर्ट नेगेटिभ देखिएको छ।

फ्रान्सबाट कतार एयरवेजको हवाई जहाजमा नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोनाको संक्रमण भएको पुष्टि भएपछि उनीसँगै आउने यात्रुहरुको खोजी गर्ने क्रममा ती दुई युवक फेला परेका थिए।

‘बेलका–३, रातापानीको प्रगति टोलका विद्यानन्द चौधरीलाई कोरोना संक्रमण भएकी युवती संगै आएको थाहा भए संगै आज धरान स्थित विपी कोइराला विज्ञान प्रतिष्ठान पठाइएको थियो।

गाईघाटबाट पठाएको एम्बुलेन्स मार्फत उनलाई विपी कोइराला विज्ञान प्रतिष्ठान पठाइएको र उनको रिपोर्ट नेगेटिभ देखिएपछि उनलाई आफ्नै घरमा क्वारेन्टाइनमा बस्ने गरि फर्काइ सकिएको त्रियुगा नगरपालिका मेयर बलदेव चौधरीले जानकारी दिए।

यता बेलाका नगरपालिका मेयर दुर्गा कुमार थापाले भने उनलाई होम क्वारेन्टाइन नभएर मोरङको टाँडीमा स्थापना गरेको क्वारेन्टाइनमा राखिने जानकारी दिए।

यस्तै उदयपुरका एम्बुलेन्स सञ्चालकहरूले नोबल कोरोना भाइरस (कोभिड–१९)को सम्भाव्य बिमारीको उपचार व्यवस्थापनका निम्ति तीन वटा निःशुल्क ‘प्रोटेक्टिभ एम्बुलेन्स’ सञ्चालन गर्ने निर्णय गरेका छन् ।

जिल्ला जनस्वास्थ्य प्रमुख मोहनप्रसाद सुवेदीको अध्यक्षतामा मंगलबार बसेको एम्बुलेन्स सञ्चालक तथा स्थानीय निकायका प्रमुखहरू सहितको बैठकले व्यक्तिगत सुरक्षा व्यवस्था (पीपीई)सहित प्रोटेक्टिभ एम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णय गरेको हो ।

नगरपालिकाभित्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थकर्मीहरूको सम्भाव्य जोखिम न्यूनीकरणका लागि प्रत्येकमा २ वटाका पीपीइ पनि त्रियुगा नगरपालिकाले व्यवस्था गर्ने भएको छ ।

कोभिड–१९को सम्भावित संक्रमण फैलन नदिन त्रियुुगा नगरपालिकाका लालपत्ता, जोगीदह, साउने, बहेडवा र चुहाडेमा हेल्प डेस्क स्थापना गरी नगरवासीको तापक्रम नाप्ने व्यवस्था गरिनेसमेत बैठकले निर्णय लिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]