मंगलबार राती १२ बजेदेखि पुरै भारत २१ दिनका लागि लकडाउन

Logo
मंगलबार, चैत्र ११, २०७६

भारत सरकारले आज (मंगबार) राती १२ बजेदेखि देशभर लकडाउनको घोषणा गरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीका नाममा सम्बोधन गर्दै देशभर लकडाउनको घोषणा गरेका हुन् । उनले यो लकडाउन एक किसिमका कफर््यु नै भएको बताएका छन् । यो लकडाउनको अवधि २१ दिन रहेको प्रधानमन्त्री मोदीले बताए ।

भारतमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ५०० नाघेपछि पूरै देश ‘लक-डाउन’ गरिएको हो। यो संख्यालाई यस्तो विन्दु मानिन्छ, जहाँबाट कोरोना भाइरस फैलिने क्रम तीव्र गतिमा बढ्न सक्छ।

‘आगामी २१ दिन हाम्रो दिन अत्यन्तै संवेदनशील छ,’ उनले भने, ‘यसबीच तपाईंहरू जहाँ जहाँ हुनुहुन्छ, ‘त्यहीँ त्यहीँ घरभित्रै बस्नुहोला।’

मोदीले पछिल्लो एक सातामा दोस्रोचोटि यस्तो सम्बोधन गरेका हुन्। अघिल्लो सम्बोधनमा उनले आइतबार एक दिन ‘जनताको कर्फ्यू’ लागू गर्दै सर्वसाधारणलाई घरबाट ननिस्कन आह्वान गरेका थिए। त्यसयता संक्रमण फैलिने क्रम जारी रहेपछि पूरै देश ‘लक-डाउन’ गरिएको हो।

भारतमा ५१९ जनामा कोरोना भाइरस देखिएको छ भने १० जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।