कोरोना भाइरसका बिरामी आउने डरले अस्पताल नै बन्द

Logo
रासस बुधबार, चैत्र १२, २०७६

बागलुङ : कोरोना सङ्क्रमणले समस्या बढाइरहेका बेला बागलुङ बजारस्थित मुक्तिनाथ हस्पिटल एन्ड रिसर्च सेन्टर भने बन्द भएको छ।

अस्पतालले ढोकामै सूचना टाँसेर केही दिनका लागि अस्पताल बन्द गरिएको जानकारी दिएको छ। कोरोना भाइरस परीक्षणलगायत सामग्री नभएको भन्दै अस्पताल बन्द गरिएको सूचनामा उल्लेख छ ।

‘हामीले चार दिनअघिदेखि सामग्री मगाएका थियौँ, प्राप्त भएको छैन’, अस्पतालका अध्यक्ष सन्तोष रावलले भने, ‘सामग्री आएमा तत्काल खुलाउन पनि सक्छौं।’ सरकारी अस्पतालमा सामग्री र बीमाको कार्यक्रम हुन्छ। तर निजीमा नहुने भएकाले चिकित्सक र कर्मचारीले पनि काम गर्न नमानेको उनले बताए।

जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले यस्तो अवस्थामा अस्पताल बन्द गर्नु राम्रो नभएको बताए। उनले निजी अस्पतालको दर्ता र कारवाहीको प्रक्रिया स्थानीय तहमा गएकाले खोल्न सुझाव मात्र दिइएको बताए।

‘यस्तो बेलामा आकस्मिक सेवा मात्रै दिएको भए पनि राम्रो हुन्थ्यो’, उनले भने। बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले वर्तमान अवस्थामा कुनै जानकारीविना ढोकामा सूचना टाँसेर अस्पताल बन्द गर्नु अत्यन्तै गैरजिम्मेवारीपूर्ण काम भएको बताए।

उनीहरुले किन अस्पताल बन्द गरेका हुन् स्पष्टीकरण सोधेर तत्काल कारवाही प्रक्रिया अगाडि बढाइने चेतावनी उनले दिएका छन्। अस्पतालमा आउने सबै प्रकारका बिरामीको उपचार दिनुपर्ने बेला बन्द गर्ने काम मानवीयता विरुद्धको भएको भन्दै जिल्लाभर विरोध भएको छ। सर्वसाधारणले समेत अस्पताल बन्द गरिएकोमा रेकामा विरोध जनाएका छन्।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]