विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ हजार नजिक पुग्यो

Logo
बुधबार, चैत्र १२, २०७६

काठमाडौं : कोरोना भाइरस ( कोभिड नाइन्टिन) को संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १९ हजार नजिक पुगेको छ। हिजोमात्रै २ हजार २ सय ९४ जनाको मृत्यु भएसँगै विश्वभर हालसम्म मृत्यु हुनेको संख्या १८ हजार ८ सय ८ पुगेको छ।

विश्वभर ४२ हजार ४ सय ५८ जना नयाँ संक्रमित देखिएका छन्। कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा इटालीमा मात्रै ७ सय ४३ जनाले ज्यान गुमाएका छन्।

योसँगै त्यहाँ मृत्यु हुनेको संख्या ६ हजार ८ सय २० पुगेको छ। यसैगरी अमेरिकामा थप १ सय ४३ जनाको मृत्यु भएसँगै त्यहाँ हालसम्म मृत्यु हुनेको संख्या ६ सय ९६ पुगेको छ।

स्पेनमा कोरोना भाइरसका कारण थप ६ सय ८० जनाको मृत्यु भएको छ भने त्यहाँ हालसम्म मृत्यु हुनेको संख्या २ हजार ९ सय ९१ पुगेको छ। चीनमा भने पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण कुनैपनि मानिसको ज्यान गएको छैन भने संक्रमण पनि कसैलाई देखिएको छैन।

पछिल्लो समय चीन बाहेकका अन्य देशमा कोरोना भाइरसले महामारीको रुप लिइरहेको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।