कोरोना भाइरसले ओलम्पिक खेल स्थगित

Logo
बुधबार, चैत्र १२, २०७६

यसै वर्ष जुलाईमा सुरु हुने टोकियो ओलम्पिक कोरोना भाइरसका कारण स्थगित हुने भएको छ । ओलम्पिक स्थगित भएर अर्को वर्षमात्रै आयोजना हुने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका सदस्य डिक पाउन्डले बताएका छन् ।

यसअघि अस्ट्रेलिया र क्यानेडाले ओलम्पिकमा प्रतिस्पर्धा नगर्ने जानकारी गराएका थिए । त्यस्तै, ब्रिटिस ओलम्पिक एशोसियसनका अध्यक्ष सर हग रोबर्टसनले पनि आफ्नो देशलाई टोली पठाउने सम्भावना निकै कम रहेको बताएका थिए ।

‘ आईओसीसँग भएको सुचनाका आधारमा भन्नुपर्दा ओलम्पिक खेल स्थगित गर्ने निर्णय भइसकेको छ,’ पाउन्डले अमेरिकी सञ्चारमाध्यम युएसए टुडेसँग भनेका छन्, ‘अगाडि के हुन्छ भन्ने विषयमा केही निक्र्यौल भएको छैन । तर जुलाई २४ मा ओलम्पिक सुरु हुनेछैन, मैले जानेको यति हो,’ उनले भने ।

यसअघि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले चार साताभित्र ओलम्पिक खेलको भविष्यबारे निर्णय लिने जनाएको थियो । तर पाउन्डले यस विषयमा निर्णय भइसकेकाले चाडै आधिकारीक घोषणा आउने बताएका छन् ।

क्यानेडा र अस्टे«लियाकै बाटोमा बेलायत

यसअघि नै क्यानेडा र अस्ट्रेलियाले ओलम्पिकमा सहभागी नहुने घोषणा गरिसकेका छन् । यसअघि सोमबार बब्रटिस ओलम्पिक एशोसियनका अध्यक्ष हग रोबर्टसनले बेलायतले पनि छिट्टै ओलम्पिक नखेल्ने घोषणा गर्ने बताएका थिए । ‘मलाई लाग्दैन कि यस्तो अवस्थामा हामी ओलम्पिक खेल्न जान सक्छौ । चाडै हामी अस्टे«लिाय र क्यानेडाको बाटो हुनेछौ, ’ उनले भनेका थिए ।

बेलायतमा आइतबारसम्म ५ हजार ६ सय ८३ जनामा सक्रमण देखिएको थियो र २ सय ८१ जनाको मृत्यु भएको थियो । पछिल्ला आँकडाअनुसार विश्वभर ३ लाख ८७ हजार ७ सय ४२ जनामा सक्रमण देखिएको छ भने १६ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । सोमबार जापानका प्रधानमन्त्री सिन्जो अवेले देशको ससदमा सम्बोधन गर्दै सबै देशले सहभागीता जनाउनसक्ने अवस्था नरहे खेल स्थगित गर्नुको विकल्प नरहेने बताएका थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।