क्वारेन्टाइनका लागि खेलकुदका पूर्वाधार प्रयोग गर्न राखेपको आग्रह

Logo
बुधबार, चैत्र १२, २०७६

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले देशभर रहेको खेलकुदको भौतिक पूर्वाधार क्वारेन्टाइनको रुपमा प्रयोग गर्न आग्रह गरेको छ । विश्वभर फैलिएको नोबल कोरोना भाइरस (कोभिड-१९) को असरले नेपाली खेलकुद गतिविधि ठप्प छ ।

नेपाल सरकारले अहिले सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

राखेपले सोमबार विज्ञप्ती जारी गर्दै आफ्नो मातहतमा रहेको पूर्वाधार सरकारले निर्णय गरे बमोजिम क्वारेन्टाइनको रुपमा प्रयोग गर्न भनेको हो । राखेप विभागीय प्रमुख तथा प्रवक्दा कुदबहादुर थापाले जारी गरेको विज्ञप्तीमा उपत्यकाभित्रका दशरथ रंगशाला, सातदोबाटो खेलकुद परिसर, मुलपानी, कीर्तिपुर, च्यासल, सानो गौचरनलगायत सातै प्रदेशका भौतिक पूर्वाधार प्रयोग गर्न भनिएको छ ।

यस्तै विश्वव्यापी महामारीको रूपमा देखा परेको कोराना भाइरसको संक्रमणबाट बच्न चेतना अभिवृद्धिका लागि नेपाल सरकारले गरेको अपिल व्यवहारिक रुपमा पालना गर्न राखेपले आम जनसमुदायसमक्ष हार्दिक अनुरोध समेत गरेको छ । साथै कोराना संक्रमणको रोकथामका लागि जागरुप गराउन खेलकुद क्षेत्रमा आवद्ध सबैमा पनि राखेपले अपिल गरेको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले यसअघि नै देशभर रहेको आफ्नो एकेडेमी लगायत संरचना क्वारेन्टाइन र आइसोलेसनको रुपमा प्रयोग गर्न तीनै तहका सरकारलाई आग्रह गरिसकेको छ ।

कोरोनाको कारण नेपालमा एभरेष्ट प्रिमियर लिग इपीएल टी-२० क्रिकेट, फिफा विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेई र अष्ट्रेलिया विरुद्धको खेल स्थगित भइसकेको छ । साथ अन्य घरेलु राष्ट्रिय प्रतियोगिताह समेत अहिले बन्द छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।