कोरोनाको सामना गर्न सेनालाई अगाडि सार !

Logo
बुधबार, चैत्र १२, २०७६

कोरोनाको डर घरघरै फैलिसकेको छ । अझै पनि आत्तिनुपर्ने गरी संक्रमित बिरामी देखिएका त छैनन् तर लक्षणै नदेखिए पनि अरूमा सर्न सक्ने हुनाले कोरोनाको व्यवस्थापनमा हेलचेक्य्राइँ गर्नु आत्मघाती हुनेछ । संक्रमण नियन्त्रणमा सहायक हुनसक्ने मानिएका ‘मास्क’ र ‘स्यानिटाइजर’मात्र हैन बजारमा औषधिको समेत अभाव हुन थालेको समाचार सार्वजनिक भएका छन् ।

सरकार विशेषगरी स्वास्थ्य मन्त्रालयको भने प्रभावकारी उपस्थिति देखिएको छैन । बजारमा आपूर्ति नै कम भएका कारण अभाव भएको हुनसक्छ । यस्तै, कृत्रिम अभाव सिर्जना गरेर कालोबजार गर्नका लागि थुपारिएको पनि हुनसक्छ । सरकारले यी दुवै अवस्थाको सामना गर्न विशेष प्रयास गर्नुपर्ने हो । तर, सरकार आफ्नो प्राथमिक कर्तव्यप्रति पनि अझै उदासीन रहेजस्तो देखिएको छ ।

सरकारले निर्णय गर्नेबित्तिकै चीनको वुहान क्षेत्रमा अलपत्र परेका नेपालीको उद्धार गरियो । उद्धारमा नेपाली सेनाको प्रमुख भूमिका रह्यो । क्वारेन्टाइनको व्यवस्थापनमा पनि सेनाकै भूमिका महत्त्वपूर्ण थियो । यसले नेपाली सेना विपत्तिका समयको सामना गर्न भौतिक साधान र जनशक्ति दुवैबाट सक्षम रहेछ भन्ने सिद्ध हुन्छ ।

ठेक्कापट्टा र व्यापार व्यवसायमा अल्झाएर प्रभावहीन बनाउने प्रयत्न भित्र र बाहिर दुवैतिरबाट भए पनि नेपाली सेनामात्र ढुक्कसँग भरपर्न सकिने राज्यको निकाय रहेको छ । यसमा नेपाली सेनाका साथै सबै नेपालीले गर्व गर्न सक्नुपर्छ । यथार्थमा नेपाली सेनाको महत्त्व पनि मैदानमा सडक बनाएर हैन यस्तै अरू निकायले आँट्न र गर्न नसक्ने वा अरूलाई सुम्पन नमिल्ने राष्ट्रिय सुरक्षा जोडिएको संवेदनशील काम फत्य गरेर नै स्थापित हुने हो ।

कोरोनाभाइरसको सामना गर्ने तयारी सरकारका अरू अंगबाट सहजरूपमा हुनसक्ने देखिएन । यसका लागि युद्धस्तरमा काम गर्न सक्नुपर्छ । त्यस्तो कौशल र क्षमता नेपाली सेनामा मात्र देखिएको छ । यसै पनि विपत्तिका बेला नागरिकले उपभोग्य सामग्री थुपार्ने प्रवृत्ति विश्वव्यापी नै हो । त्यसमाथि आयातमा निर्भर अर्थतन्त्र भएकाले नेपालमा दोहोरो संकट हुनु स्वाभाविकै हो ।

औषधिका लागि मूलतः भारतमा निर्भर भएकाले भारतले निकासी रोक्ता संकट उत्पन्न हुने नै भयो । भारतले रोकेको औषधिका लागि उच्च कूटनीतिक तहबाट पहल गर्नु उचित र आवश्यक छ । भारतबाट औषधि ल्याउन नमिलेमा बंगलादेश, पाकिस्तानलगायतका छिमेकीसँग पनि तत्काल वार्ता गर्नुपर्छ । मास्क निर्माण र वितरणको जिम्मा नेपाली सेनालाई दिए हुन्छ । नयाँ कारखाना बनाउन नभ्याइने अवस्थाभए अहिलेको कारखानाको सञ्चालनमा सेनालाई संलग्न गराएर अत्यधिक उत्पादन बढाउन सकिएला । सरकारले कोरोनाका विषयमा सही निर्णय लिन ढिलो नगरोस् । चीनबाट नेपाली फर्काउनजस्तै जनदबाब पर्खने हो भने स्थिति नियन्त्रणबाहिर पनि पुग्नसक्छ भन्ने हेक्का राखौँ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।