धुलिखेल अस्पताल, वीपी प्रतिष्ठान र वीर अस्पतालमा पनि कोरोना परीक्षण

Logo
बुधबार, चैत्र १२, २०७६

काठमाडौं : नोभल कोरोना भाइरसका बिरामीको स्वास्थ्य परीक्षण टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाहेक अन्य तीन स्थानमा पनि गरिने भएको छ।

कोरोना भाइरस संक्रमणको लक्षण देखिएमा धुलिखेल अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान र वीर अस्पतालमा परीक्षणको तयारी गरिएको हो। ती अस्पतालमा तत्कालै यन्त्र उपकरण जडान गर्न लागिएको सञ्‍चार तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जनाएका छन्।

उनले प्रदेशस्तरमै ल्याब स्थापना नहुँदासम्म छिटो यातायातको व्यवस्था गरेर टेकुस्थित ल्याबमा स्वाब परीक्षणका लागि ल्याउने निर्णय बैठकले गरेको बताए। त्यस्तै भारततर्फको सीमामा रोकिएका नेपाली नागरिकहरुलाई अन्तिम पटकका लागि आज एक दिन छाडने निर्णय गरेको छ।

तयसका लागि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरी १४ दिन क्‍वारेन्टाइनमा बस्ने सर्तमा घर जान दिने व्यवस्था गरेको उनले बताए। बैठकले स्वास्थ्य सामग्री तथा किट ल्याउन निजी क्षेत्रसँग समन्वय गर्ने निर्णयसमेत गरेको छ।

सरकारले मेडिकल सामग्री र किटहरु चीन र भारत दुवै मुलुकबाट ल्याउन परराष्ट्र मन्त्रालयले परामर्श गरिरहेको मन्त्री खतिवडाले बताए। त्यसबाहेक निजी क्षेत्रले कतैबाट स्वास्थ्य सामग्री र किटहरु निश्‍चित दिनभित्र ल्याउन सक्ने भए सरकारले यातायातको सुविधा एवं हवाई सुविधा उपलब्ध गराउने निर्णय भएकोसमेत बताए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]