कोरोनाको डर भगवानलाई पनि ? पुजारीले लगाइदिए शिवलिंगलाई मास्क

Logo
बुधबार, चैत्र १२, २०७६

एजेन्सी । विश्वव्यापीरुपमा त्रास फैलाइरहेको कोरोना भाइरस (कोभिड–१९) को डरले मानिसहरुको मनमा डेरा जमाएको छ । के भगवान पनि कोरोना भाइरससँग डराउँछन् ? भारतमा एउटा आश्चर्यजनक घटना सामुन्ने आएको छ ।

वाराणसीको एक मन्दिरमा शिवलिङ्गमा नै मास्क लगाइएको तस्विर सार्वजनिक भएको छ। मन्दिरका पुजारी कृष्ण आनन्द पाण्डेले भाइरसको संक्रमणको त्रास बढेको भन्दै भगवान विश्वनाथको अनुहारमा मास्क लगाइ दिएको बताए।

उनले भाइरस संक्रमणको डरले मन्दिर आउने भक्तजनहरुलाई मूर्तिलाई नछुन समेत आग्रह गरेका छन्। उनले भने, ‘देशभर कोरोना भाइरसको संक्रमण फैलिरहेको छ। त्यसैले जनचेतना फैलाउनका लागि हामीले भगवानको अनुहारमा मास्क लगाइदिएका हौं। हामीले भक्‍तजनहरुलाई समेत मूर्तिलाई नछुन भनेका छौं। यदि उनीहरुले मूर्तिलाई छोए भने भाइरस अरुमा सर्न सक्ने अवस्था हुन्छ।’ अहिले पुजारी र भक्तजनहरुले मास्क लगाएर विश्वनाथको पूजा गरिरहेका छन् ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण हाल विश्वका १ सय १० भन्दा बढी राष्ट्रमा फैलिसकेको छ। भाइरस संक्रमणबाट विश्वभर ३ हजार ५ सयभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ भने १ लाख १० हजारभन्दा धेरै मानिसमा संक्रमण देखिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।