कोरोना भाइरसबाट संक्रमित भएको डरले श्रीमतीलाई बाथरुममा थुनिदिएपछि…

Logo
बुधबार, चैत्र १२, २०७६

एजेन्सी । एक व्यक्तिले कोरोना भाइरसबाट संक्रमित हुने डरले श्रीमतीलाई बाथरुममा थुनेका छन् । एक चिनियाँ महिलालाई भेटेपछि श्रीमतीलाई कोरोना भाइरस लाग्यो कि भन्ने डरले ती व्यक्तिले यस्तो गरेको बताइन्छ ।

बाथरुममा थुनिएपछि श्रीमतीले पुलिसलाई फोन गरेकी थिइन् । त्यसपछि पुलिसले उनीहरु बसिरहेको अपार्टमेन्टमा आएर महिलालाई छुटाए । श्रीमान्ले डाक्टरसँगको कुराकानीपश्चात् बाथरुममा बन्द गर्ने निर्णय लिएको दाबी गरे ।

डेली मेलको रिपोर्ट अनुसार श्रीमतीलाई कोरोना भाइरसको डरले बाथरुममा बन्द गरेको यो घटना युरोपको लिथुआनियाको लिवनिअसको हो । स्वास्थ्य परीक्षणमा महिलालाई कोरोना भाइरसको कुनै पनि संक्रमण नदेखिएको स्रोतले बताएको छ ।

श्रीमतीले श्रीमानमाथि आपराधिक कारवाही नगर्ने निर्णय गरिन् त्यसकारण श्रीमान् गिरफ्तारीबाट बचेका छन् । खासमा के भएको रहेछ भने श्रीमती एक चिनियाँ महिलालाई भेटेर आएको भन्ने थाहा पाएपछि श्रीमान् डराएका रहेछन् ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।