वडा कार्यलयको सभा हलमा नै क्वारेन्टाइन स्थापना

Logo
बुधबार, चैत्र १२, २०७६

उदयपुर । उदयपुर जिल्लाको चौदण्डिगढी नगरपालिका वडा नम्बर – १० ले आफ्नो भवनको सभा हलमा ५ बेड को क्वारेन्टाइन निर्माण गरेको छ।

कोरना भाइरस (कोभिड-१९) को संक्रमणलाई रोक्न वडाले आफ्नो सभाहललाई क्वारेन्टाइन बनाएको वडा अध्यक्ष रामकुमार खड्काले बताए।

यस्तै नगरको ९ नम्बर वडामा रहेको स्वास्थ्य भवनको दुई ओटा कोठामा पनि क्वारेन्टाइन सन्चालन गरिएको वडा अध्यक्ष प्रकाश राउत ले जानकारी दिए।

प्रदेश १ सरकारले गएको फागुन २९ गते प्रदेशमा कोरोना भाइरसको सम्भावित जोखिम न्युनीकरण गर्न क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको थियो ।

यता बेल्टार बजारमा रहेको उध्योग बाणिज्य संघ को भवनलाई क्वारेन्टाइन बनाउन दिने निर्णय संघले गरेको संघका अध्यक्ष पवन कार्कीले जनकारी दिए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]