चम्किलो वस्तु उल्कापिण्ड हुनसक्ने नेपाल एस्ट्रोनोमिकल सोसाइटीको अनुमान

Logo
शुक्रबार, चैत्र १४, २०७६

बिहीबार राती आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुनसक्ने अनुमान गरिएको छ। नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले गए राती प्रेस विज्ञप्ति जारी गर्दै नेपाली आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुन सक्ने बताएका छन्।

‘साँझ करिब ८ बजे तिर नेपाली आकाशमा केही चम्किलो वस्तु सँगसँगै आवाज पनि सुनिएको भन्ने सूचना हाम्रो फेसबुक पेजमार्फत प्राप्त भएको छ,’विज्ञप्तिमा उल्लेख गरिएको छ,’प्रारम्भिक सूचनाको अनुमान स्वरूप उक्त वस्तु उल्कापिण्ड हुन सक्ने आधार रहेको कुरा छ।’

साथै सोसाइटीले प्राप्त जानकारीहरूको आधारमा उल्कापिण्ड गण्डकी प्रदेशमा खसेको हुनसक्ने बताएको छ। उसले गण्डकी प्रदेशमा केही घटना भएको भए सोसाइटीलाई खबर गर्न समेत अनुरोध गरेको छ। सोसाइटीका अनुसार उल्कापिण्ड खसेको ठाँउमा क्षति हुने र खसेको आवाज सुनिन्छ।

‘उल्कापिण्ड खसेको ठाँउमा क्षति हुन्छ नै र धेरै जनाले आवाज सुनेको विवरण हामीलाई पठाउनुभएकाले सबै भन्दा ठुलो आवाज सुनिएको ठाँउतिर नै खस्ने जानकारी गर्दछौँ,’सोसाइटीले बताएको छ।

साथै अनुसन्धान गर्न सोसाइटीले आफूसँग प्राप्त भएका तस्विर तथा भिडिओ भए पठाउन समेत अपिल गरेको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]