कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २४ हजार नाघ्यो

इटाली र स्पेनमा मात्र एकैदिन १४ सय बढीको मृत्यु
Logo
शुक्रबार, चैत्र १४, २०७६

कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या पनि २४ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा इटाली र स्पेनमा १४ सयभन्दा बढी मानिसको ज्यान गएको छ ।

वर्ल्डओमिटरका अनुसार इटालीमा एकैदिन ७१२ जनाले ज्यान गुमाएका छन् । यससँगै इटालीमा मृत्यु हुनेको संख्या पनि ८ हजार २१५ पुगेको छ । त्यस्तै संक्रमितको संख्या पनि बिहीबार इटालीमा ८ हजारभन्दा बढीले बढेको छ । यससँगै इटालीमा यो भाइरसबाट संक्रमित हुनेको संख्या ८० हजार नाघेको छ ।

त्यस्तै स्पेनमा पनि बिहीबार एकैदिन ७१८ जनाले कोरोना भाइरसको कारण ज्यान गुमाएका छन् । यससँगै स्पेनमा पनि ज्यान गुमाउनेको संख्या ४ हजार ३६५ पुगेको छ । बिहीबार स्पेनमा नयाँ संक्रमित पनि ८ हजारभन्दा बढी देखिएका छन् । स्पेनमा समग्र संक्रमितको संख्या पनि ५७ हजार नाघेको छ ।

अन्य यूरोपेली मुलुकमा फ्रान्समा बिहीबार ३६५ जनाको ज्यान गएको छ । फ्रान्समा समग्र संक्रमितको संख्या २९ हजार नाघेको छ । बेलायतमा पनि बिहीबार ११५ जना मानिसले ज्यान गुमाएका छन् । बेलायतमा पनि ११ हजारभन्दा बढी मानिसमा यो भाइरसको संक्रमण देखिएको छ ।

विश्वभर अहिलेसम्म भाइरसबाट संक्रमित हुनेको संख्या ५ लाख नाघिसकेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।