पर्सामा सेना र तस्करबीच गोली हानाहान, एकको मृत्यु

Logo
शुक्रबार, चैत्र १४, २०७६

पर्सा राष्ट्रिय निकुन्जमा शुक्रबार निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेना र तस्कर समुहबीच गोली हानाहान हुँदा एक जनाको ज्यान गएको छ। गोली हानाहानमा गोली लागेर सेनाका जमदार मिनबहादुर छन्त्याल घाइते गम्भीर घाइते भएका छन्। मृतक तस्करको भने सनाखत हुन सकेको छैन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठका अनुसार निकुन्जको भित्रि जंगलमा शुक्रबार बिहान साढे ९ बजेतिर बन्दोवस्तीका सामानसहित रहेका वन्यजन्तु चोरी शिकारी गर्ने तस्करहरुको समूह र सेनाबीच गोली हानाहान भएको हो।

उनलाई उचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको निकुन्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) अमिर महर्जनले जानकारी दिए। सेनाले एक जना तस्करलाई पक्राउ पनि गरेको छ। पक्राउ पर्नेमा मकवानपुरका मोहनसिंह दोङ रहेका छन्। उनलाई बाराको आधाभारस्थित सेनाको हिरासतमा राखिएको महर्जनले जानकारी दिए।

घटनास्थबलाट सेनाले दुई थान बन्दुक, बारुद, धारिलो हतियार लगायतका सामानहरुसमेत बरामद गरेको उनले बताए। शुक्रबार बिहान जंगल भित्रबाट बन्दुकको गोली पड्किएको आवाज आएपछि त्यसतर्फ गस्तीमा गएको सेनाको टोली माथि तस्करहरुले आक्रमण गरेपछि सेनाले पनि जवाफी कारवाहीमा गोली चलाएको श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]