बेलायती प्रधानमन्त्रीलाई पनि कोरोना संक्रमण

Logo
शुक्रबार, चैत्र १४, २०७६

लण्डन : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पनि कोभिड-१९ (कोरोना भाइरस) संक्रमण भएको छ। त्यहाँका राजकुमार चार्ल्सलाई केही दिनअघि कोरोना भाइरस पोजेटिभ भएलगत्तै प्रधानमन्त्री पनि कोरोना भाइरसबाट संक्रमित भएका हुन्।

उनका स्वास्थ्य सल्लाहकारले यसबारे जानकारी सार्वजनिक गरेका हुन् । बोरिसले शुक्रबार नै आफूलाई कोरोना भाइरसको लक्षण देखिएको भन्दै ट्वीट गरेका थिए । उनले आफूलाई कोरोना पोजिटिभ देखिएपछि सेल्फ आइसोलेसनमा बस्न थालेको पनि ट्वीटर मार्फत नै जानकारी दिएका छन् ।

केही बेरपछि उनलाई संक्रमण भएको पुष्टि गरिएको हो । बेलायतका राजकुमार प्रिन्स समेत कोरोना भाइरसबाट संक्रमित भएका छन् । बेलायत सरकारले महामारी रोकथामका अनेक उपाय अपनाउँदा अपनाउँदै ११ हजार ६ सय ५८ संक्रमित भएकोमा ५ सय ५८ को मृत्यु भइसकेको छ ।

बेलायको सञ्चार संस्था बिबिसीका अनुसार कोरोना पोजेटिभ भएपछि प्रधानमन्त्री जोनसन सेल्फ आइसोलेसनमा गएका छन्। बेलायतमा कोरोना तीव्र गतिमा फैलिएपछि उनी बिरामीको उपचारको बन्दोबस्तीका लागि निरन्तर सक्रिय थिए।

चार दिनअघि नै वोरिसले आफूलाई कोरोना भएमा आफ्नो कार्यभार विदेशमन्त्री डोमिनिक रावले सम्हाल्ने भनेर प्रवक्तामार्फत जनतालाई आश्वस्त पारिसकेका थिए । यसलाई बेलायतमा यस्तो व्यवस्थालाई ‘स्ट्याण्ड इन प्राइमिनिष्टर’ भनिन्छ । आज प्रधानमन्त्री वोरसले ट्विटरमा आफैंले बोलेर आफूलाई कोरोनाको सामान्य संकेत देखिएको बताएका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।