कोरोनाबाट एकै दिन ३२७० को मृत्यु, भयावह बन्दै अमेरिकाको अवस्था, मृत्यु हुनेको संख्या २७ हजार नाघ्यो

Logo
शनिबार, चैत्र १५, २०७६

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वमा २७ हजार नाघेको छ।

गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर ३२ सय ६८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। यो एकैदिन मृत्यु भएको अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो।

यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर २७ हजार ३ सय ४३ पुगेको छ। यो तथ्यांक शनिबार बिहान पौने सात बजेसम्मको हो।

कोरोना भाइसका कारण विश्वभर हालसम्म ५ लाख ९६ हजार २१ जना संक्रमित फेला परेका छन्। शुक्रबार एकै दिन विश्वमा ६४ हजार नयाँ संक्रमित देखिएका छन्।

संक्रमित मध्ये १ लाख ३३ हजार ५७ जना उपचारपछि पूर्ण रुपमा निको भएका छन्।

गएको २४ घन्टामा सबैभन्दा बढी इटालीमा ९ सय १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यहाँ हिजो एकै दिन ६ हजार नयाँ संक्रमित थपिएका छन्। इटालीपछि शुक्रबार स्पेनमा धेरैले ज्यान गुमाएका छन्।

यसको संक्रमणबाट त्यहाँ गएको २४ घन्टामा सात सय ७३ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म त्यहाँ यसको संक्रमणबाट पाँच हजार एक सय ३८ जनाको मृत्यु भइसकेको छ।

अमेरिकाका शुक्रबार एकैदिन ३ सय ९८ जनाको मृत्यु भएको छ। यो सँगै त्यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ सय ९३ पुगेको छ।

यसको संक्रमित अमेरिकामा सबैभन्दा बढी छन्। कोरोना संक्रमणले त्यहाँको अवस्था भयावह बन्दै गएको छ। त्यहाँ अहिलेसम्म एक लाख ३७ हजार ९८ जना संक्रमित भएको पत्ता लागेको छ। यो चीनको भन्दा धेरै हो।

चीनमा अहिलेसम्म ८१ हजार तीन सय ९४ मात्रै संक्रमित भएका छन्।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]