लिम्चुङबुङको बाराहामा २० बेडको क्वारेन्टाइन

Logo
शनिबार, चैत्र १५, २०७६

उदयपुर । स्थानीय तहका जनप्रतिनिधिहरु कोरोना भाइरस रोकथामका लागि अग्रसर देखिएका छन्। उदयपुरको लिम्चुङबुङ गाउँपलिकाले कोरोना रोकथामका लागि विद्यालयभित्रै २० शैयाको ‘क्वारेन्टाइन’ बनाएको छ ।

लिम्चुङबुङ गाउँपालिका ३ बाराहा स्थित शिरवानी माध्यमिकको प्राविधिक भवनलाई क्वारेन्टाइन स्थल बनाइएको हो । कोरोनाको संक्रमण फैलिन नदिन गाउँपालिकाले स्वास्थ्य उपकरणसहित क्वारेन्टाइन तयार पारेको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राईले बताए ।

२० वटा शैयासहितको क्वारेन्टाइनमा आवश्यक सबै सुरक्षाको सामान पनि राखिएको छ । खाना, बास लगायतको सवै व्यवस्था गरिएको अध्यक्ष राइले बताए।

भारतबाट आएका दुई कतारबाट आएका एक जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरुमा अहिलेसम्म केही लक्षण देखा नपरेपनि आग्रह पछि स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा क्वारेन्टाइनमा राखेको अध्यक्ष राईले बताए ।

गाउँपालिकाले विदेशबाट आएकाहरु सेल्फ क्वारेनटाइनमा बस्नसमेत अनुरोध गरेको छ । विदेशबाट आएर घरमै क्वारेन्टाइनमा बसेकाहरुलाई कोरोना संक्रमणको लक्षण देखिए तुरुन्त स्वास्थ्य चौकी वा गाउँपालिकामा सम्पर्क गर्न आग्रह गरेको प्रमुख प्रशासकिय अधिकृत टाजन कुमार लिम्बुले जानकारी दिए ।

गाउँपालिकाले चार ठाउँ हेल्प डेक्स राखेको छ । लिम्चुङबुङ गाउँपालिका वडा नं. ३ माझखर्क, वडा नं. ५ को बुइखा भन्जयाङ, वडा नं. ४ को चनौटे र वडा नं. १ को बतासेघाट पुलमा हेल्प डेक्स राखिएको छ । गाउँपालिका प्रवेश गर्नुअघि प्रत्येक व्यतिmको स्वास्थ्य जाचँ गर्ने गरिएको छ ।

बाहिरबाट आएकाहरुले अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने गरि गाउँकार्यपालिकाले निर्णय गरेको छ भने क्वारेन्टाइनमा बस्न नचाहने र अपरिचितलाई गाउँपालिका प्रवेशमा पूर्णरुपमा निषेध गरिएको छ ।

कोरोना संक्रमणबाट आफु पनि बच्न र अरुलाई पनि बचाउन आफ्नो टोलमा अपरिचित व्यक्तिहरुलाई प्रवेश निषेध गरेका छन् । टोलबाट आफु पनि घरबाट ननिस्किने र अरुलाई पनि टोलमा प्रवेश गर्न नदिने भन्दै उनीहरुले प्रवेश निषेध गरेका हुन् ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।