कटारी अस्पतालको आइसोलेसनबाट एकजना फरार

Logo
शनिबार, चैत्र १५, २०७६

उदयपुर — कोरोना भाइरसको आशंकामा आइसोलेसनमा उपचारमा रहेका एक व्यक्ति फरार भएका छन। उदयपुरको कटारी नगरपालिको कटारी अस्पतालको आइसोलेसनमा उपचारमा रहेका कृतिमान मगराती शनिबार फरार भएका हुन् ।

भारतको सिलगुढी बाट ताप्ली गाउँपालिकाका आएका २१ जनालाई क्वारेन्टाइनमा राखिएको थियो। क्वारेन्टाइनमै रहेका बेला मगरातीलाई स्वास्थ्य परीक्षणका क्रममा ९९ डिग्री ज्वारो देखिएका कारण मगरातीलाई १२ गतेदेखि अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिरहेको अस्पतालका सूचना अधिकारी इसराइल राइनले बताए।

उनीसँगै आएका अन्य २० जना अहिले पनि बेलसोतस्थित क्वारेन्टाइनमा छन् । अस्पतालको आइसोलेसनमा राखिएका मगराती बिहानको खाना खानुअघि नै झोला र मोबाइल बेडमै छोडेर भागेको सूचना अधिकारी राइनले बताए। सुरुमा ९९ डिग्री ज्वरो रहेका मगरातीको अवस्था पछिल्लो समय सामन्य हुँदै गएको राइनले बताए।

मगरातीले साथीहरुसँगै क्वाराइन्टेनमा जान माग गरिरहेको अस्पतालले जनाएको छ। सुरुमा साथीहरुसँगै क्वारेन्टाइनमा पठाइएकोमा त्यहाँ ज्वारो आएपछि उनलाई अस्पतालको आइसोलेसनमा ल्याइएको थियो।

अस्पतालबाट भागेका मगरातीको खोजी भइरहेको छ। उनी परिवार र क्वारेन्टाइनमा रहेको साथीको समेत सम्र्पकमा नगएको प्रहरीले जनाएको छ। भागेका मगरातीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरिक्षक प्रेमसागर केसीले बताए।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।