नेपालमा भेटिए कोरोनाका पाँचौ संक्रमित, फ्रान्सबाट आएकी युवती आएकै जहाज थिइन् पाँचौं संक्रमित पनि

Logo
शनिबार, चैत्र १५, २०७६

काठमाडौं : नेपालमा कोरोनाका पाँचौ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बेल्जियमबाट काठमाडौं आएकी युवतीमा कोरोना देखिएको हो।

बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी बागलुङ निवासी ती २२ वर्षीया युवतीमा कोरोना पोजिटिभ देखिएको हो। पाँचौं संक्रमित युवतीको अहिले बाग्लुङ अस्पतालमै उपचार भइरहेको छ।

बाग्लुङ अस्पतालबाटै थ्रोट स्वाब झिकेर जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। देवकाटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ती युवतीमा कोरोना देखिएको हो।

उनी चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ उडानमार्फत् काठमाडौं आएको खुलेको छ। कोरोनाका पाँचौ संक्रमित युवती पनि तिनै फ्रान्सबाट आउने युवती संगै कतार हुँदै आएकी काठमाडौं आएकी थिइन।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]