कोरोना रोकथाममा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको २५ लाखको बीमा, निजी बिद्यालयले एक महिनाको शुल्क छुट दिन पर्ने

Logo
आइतबार, चैत्र १६, २०७६

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण तथा रोकथामका खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको २५ लाख रुपैयाँको बीमा गरिदिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड १९ संक्रमण तथा रोकथाममा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई असार मशान्तसम्मका लागि २५ लाखको बीमा गरिदिने निर्णय गरेको अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

डाक्टर, नर्स, एम्बुलेन्स चालक, र सुरक्षाकर्मीको विमा हुने उनले बताए । उनीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) निशुल्क उपलब्ध गराउने निर्णय पनि गरेको मन्त्री खतिवडाले पत्रकार सम्मेलनमा बताए।

त्यस्तै माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको आवास बाहेक अरु शुल्क छुट दिनुपर्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।