कोरोना महामारीका कारण आर्थिक संकट देखिएपछि जर्मनीमा मन्त्रीले गरे आत्महत्या !

Logo
सोमबार, चैत्र १७, २०७६

एजेन्सी । जर्मनीको हेसे प्रान्तका अर्थमन्त्री थोमस सेफरले आत्महत्या गरेका छन् । कोरोना महामारीका कारण अर्थतन्त्रमा भारी गिरावट आएपछि तनाव रहेका उनले आत्महत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्याहरुले जनाएका छन् । उनको शव रेलवे ट्रयाकमा भेटिएको बताइएको छ ।

जर्मन चान्सलर एन्जेला मर्केल र राज्य प्रमुख वाकर वाइफरले आइतबार मन्त्री थोमसले आत्महत्या गर्नुभएको जानकारी दिएका छन् । ५४ वर्षीय मन्त्री थोमसको शव शनिबार रेलवे ट्रयाकमा भेटिएको थियो । घटनाका सम्बन्धमा प्रतिक्रिया दिँदै राज्यप्रमुख वाइफियरले भने, ‘उहाँले आत्महत्या गरेको भन्ने कुराले हामी एकदमै दुःखी छौ, यो घटनालाई अझै पनि विश्वास गर्न सकिएको छैन ।’

जर्मनीको आर्थिक राजधानीको रुपमा चिनिने फ्रान्कफ्रट पनि हेसी प्रान्तमै पर्दछ । राज्य प्रमुख वाइफियरका अनुसार शेफर १० वर्षका लागि अर्थमन्त्रीमा नियुक्त भएका थिए । उनी कोरोना महामारीले पारेको आर्थिक प्रभावको सामना गर्न कम्पनी र कादारहरुसँग मिलेर दिनरात काम गरिरहेका थिए ।

महामारीका कारण अर्थव्यवस्थामा गिरावट आएपछि उनी निकै तनावमा थिए । लोकप्रिय र उच्च सम्मानित नेताका रुपमा उदाएका शेफरलाई त्यहाँका जनताले राज्य प्रमुख वाउफियरको उत्तराधिकारीका रुपमा लिने गर्दथे । उनी मर्केलको क्रिश्चियन डेमोक्रेटिक युनियन अफ जर्मनी (सिडियु) पार्टीसँग आबद्ध थिए ।

जर्मनीमा कोरोना महामारीका कारण अहिले सन् १९९० पछिकै सबैभन्दा ठूलो आर्थिक मन्दी देखिएको छ । इन्ष्च्यिुट फर इकोनोमिष्ट रिसर्चका अनुसार अहिले त्यहाँ जर्मनी एकीकरणपछिकै सबैभन्दा ठूलो आर्थिक गिरावट आएको दाबी गरेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]