कोरोना भाइरस बिरुद्दको अभियानमा निर्माण व्यवसायी संघ उदयपुरले गर्यो जिल्लाका सबै पालिकामा आर्थिक सहयोग

Logo
बुधबार, चैत्र १९, २०७६

उदयपुर – नेपाल निर्माण व्यवसायी संघ जिल्ला कार्य समिति उदयपुरले कोरोना भाइरस बिरुद्दको अभियानमा बिपन्न, असाहय र दैनिक ज्यालादारी गरि जिविको पार्जन गर्नेहरुको दैनिकीमा सहयोग पुर्याउन जिल्लाका चार नगरलाई पच्चिस हजारका दरले आर्थिक सहयोग गर्ने भएको छ।

यस्तै जिल्ला अन्य चार गाउपालिकामा प्रत्यकलाई बिस हजारका दरले आर्थिक सहयोग गर्ने भएको निर्माण व्यवसायी संघ जिल्ला कार्य समिति उदयपुरका अध्यक्ष कौशल आचार्यले जानकारी दिनु भएको छ।

यसै गरि हिमाली यातायात ब्यबसायी संघले कोरोना भाईरसको माहामारिमा सरकारले गरेको लक डाउनको अबस्थामा गरिब, बिपन्न असाहाय र दैनिक ज्यालादारी गरेर जीवन निर्बाह गर्ने मजदुरको हितलाई ध्यानमा राख्दै त्रियुगा नगर पालिकाको बिपत राहत कोषमा आर्थिक सहयोग गरेको छ।

लक डाउनको अबस्थामा गरिब, बिपन्न असाहाय र दैनिक ज्यालादारी गरि जिविको पार्जन गर्नेहरुको दैनिकीमा जहजता ल्याउन पालिकाको बिपत राहत कोषमा पचास हजार आर्थिक सहयोग गरेको हिमाली यातायात ब्यबसायी संघ उदयपुरका उपअध्यक्ष प्रमेश घिमिरेले जानकारी दिनुभएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]