कोरोनाका कारण विश्वमा मृत्यु हुनेको संख्या ६५ हजार नजिक, अमेरिकामा मात्र ३ लाख बढी संक्रमित

Logo
आइतबार, चैत्र २३, २०७६

पछिल्लो विश्व विवरण अनुसार संसारमा १२ लाख बढी संक्रमित भएकोमा त्यस मध्य एक चौथाइ संक्रमित अमेरिका रहेका छन्।

हालसम्म संसारका १२ लाख १ हजार ७ सय ६७ जनामा यसको संक्रमण पुष्टि भएको छ। कुल संक्रमित मध्ये पहिलो नम्बरमा रहेको अमेरिकामा ३ लाख ११ हजार ३ सय ७५ जनामा यसको संक्रमण पुष्टि भइसकेको छ।

आइतबार बिहानसम्मको तथ्यांक अनुसार,अमेरिकापछि स्पेनमा संक्रमणदर उच्च देखिएको छ। स्पेनमा १ लाख २६ हजार १ सय ६८ मा कोरोना संक्रमण पुष्टि भएको छ। इटालीमा १ लाख २४ हजार ६ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन एक हजार ४८ जनाको ज्यान गएको छ। अमेरिकामा मृत्यु हुनेको संख्या आठ हजार चार सय ५२ पुगेको छ।

यस्तै जर्मनीमा ९६ हजारबढी संक्रमित भेटिएका छन् भने फ्रान्समा करिब ९० हजारलाई संक्रमण रहेको छ। त्यसैगरी संक्रमणबाट सबैभन्दा धेरै मृत्यु इटालीमा भएको छ भने त्यसपछि क्रमशःस्पेन, अमेरिका, फ्रान्समा भएको छ। विश्वमा संक्रमणबाट कुल ६४ हजार ७ सय १० जनाको ज्यान गएको छ।

यस्तै, संक्रमितमध्ये २ लाख ४६ हजार ४ सय ९६ जना निको भएका छन्। संक्रमित मध्ये हाल ९५ प्रतिशतको स्वास्थ्य अवस्था मध्यम छ भने ५ प्रतिशतको अवस्था गम्भिर छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।