रौतामाई गाउँपालिकामा ४ सय ३५ घरधुरी अतिविपन्न र ज्यालामजदुर, २ सय ३१ परिवारलाई राहतवितरण सकियो अन्यलाई गरिदै

Logo
आइतबार, चैत्र २३, २०७६

उदयपुर । लकडाउनको समयावधि बढेसँगै गरिव तथा विपन्न परिवारमा भोकमारी देखा पर्न थालेपछि उदयपुरको रौतामाई गाउँपालिकाले पहिलोपटक राहत वितरण सुरु गरेको छ ।

दिनभर मजदुरी गरी विहान वेलुकाको दुई छाकको गर्जो टार्दै आएका ज्याला मजदुरी र विपन्न परिवारको अवस्था नाजुक बन्दै गएपछि रौतामाई गाउँपालिकाले मजदुरलाई राहत वितरण सुरु गरेको हो ।

दैनिक ज्याला गरी खाने मजदुरमा भोकमारीको अवश्था सृजना हुन थालेपछि तत्काल गर्जो टार्न आपतकालिक कोष स्थापना गरी राहत वितरण गरिएको अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए ।

पालिकाले वडा नं ७ का गुराँसे, मुर्कची, खानीटार, पुवाँरे, राजाबास, शिखर, डहर, कोल्वोटे, तिलवारी, धाङ्ले लगायत स्थानका दुई सय ३१ ज्याला मजदुरी र विपन्न परिवारलाई राहतप्याकेज अन्तर्गत प्रतिघर बीस केजी चामल, दुई केजी दाल, दुइ केजी नुन, एक लिटर तेल र हातधुने सावुन चार पिसका दरले वितरण गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।

अध्यक्ष खड्काअनुसार बाकी अन्य वडामा पनि वितरण शुरु भैसकेको छ। गाउँपालिकाको वडा नं १ मा २३ घर, वडा नं २ मा १४, वडा नं ३ मा १२, ४ नम्बरमा ३५, वडा नं ५ मा एक सय, वडा नं ६ मा चार, ७ नम्बरमा दुई सय ३१ र वडा नं ८ मा ३५ गरी चार सय ३५ घरधुरी अतिविपन्न र ज्यालामजदुरी गरी गुजारा चलाउँदै आएका छन् ।

पालिकाका वडाध्यक्ष र टोलविकास संस्थाको संयुक्त अनुगमन पछिको सिफारिसका आधारमा त्यस्ता व्यक्तिको पहिचान गर्दै खाद्यन्न उपलब्ध गराएको प्रमुख प्रशासकिय अधिकृत खम्बराज राईले जानकारी दिए । गाउँपालिका, जनप्रतिनिधि, सामुदायिक वन, स्थानीय लघुबित्त संस्थाको सहयोगमा खाद्यन्न वितरण गरिएको हो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]