बाघमा पनि देखियो कोरोना भाइरसको संक्रमण

Logo
सोमबार, चैत्र २४, २०७६

एजेन्सी : विश्‍भर मानवीय हताहती निम्त्याइरहेको कोरोना महामारी संक्रमण जीवजन्तुमा पनि देखिन थालेको छ। अमेरिकको न्युयोर्कस्थित ब्रोङ्कस चिडियाघरमा राखिएकी चार वर्षीया बाघिनीालई कोरोना संक्रमणको पुष्टि भएको हो।

लगातार सुख्खा खोकी खोक्न थालेपछि बाघिनीको स्वास्थ्य परीक्षण गर्दा संक्रमण पुष्टि भएको सीएनएनले जनाएको छ।

पशु चिकित्सकहरुले चिडियाखामा रहेका अन्य पाँच बाघ र सिंहहरुको पनि नमुना लिएका छन्। ती जनावरहरुमा समेत कोरोना लक्षण देखिएको र सास फेर्न सकस भोगिरहेको अमेरिकीको कृषि विभाग (युएसडीए) ले जनाएको छ।

‘ठूला जनावरहरुमा संक्रमणले कस्तो असर गर्छ भन्‍ने थाहा भएको छ, हामीले संक्रमित जनावरमाथि निरन्तर निगरानी गरेका छौं। पूर्ण रुपमा निको पार्न प्रयास गरिरहेका छौं’, चिडियाखानाको विज्ञप्तिमा उल्लेख छ।

कोरोना भाइरस संक्रमण फैलिएपछि गत मार्च १६ तारिखदेखि ब्रोङ्कस चिडियाघर बन्द गरिएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]