गाउँमा अपरिचित व्यक्ति आउन थालेपछि उदयपुरगढीका युवाहरु आफै खटिए सडकमा

Logo
सोमबार, चैत्र २४, २०७६

विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि स्थानीय सरकार र स्थानीय नागरिक सक्रिय भएर लागेका छन्।

चिनको वहान क्षेत्रबाट फैलिएको कोरोना भाइरस दक्षिणी छिमेकी राष्ट्र भारतमा समेत आक्रामक रुपमा फैलिदै जादा खुला सिमानाका कारण नेपालमा कोरोनाको संक्रमण बढ्दै जाने देखिएका कारण नेपाली नागारिकमा चासो बढेको छ।

नेपालमा एकै दिन भारतबाट आएका नेपाली नागरिक सहित ३ जनामा कोरोनाको संक्रमण देखिए पछि स्थानीय सरकार र नागरिक समेत कडाइ साथ कोरोना संक्रमण रोक्न लागि परेका हुन्।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि सरकारले लकडाउनको लागू गरेको छ । शहरी क्षेत्रमा लकडाउनको पालना भएपनि गाउँगाउँमा पनि अहिले पनि घुमफिर गर्ने क्रम रोकिएको छैन् ।

कोरोना संक्रमण रोक्न सरकारले गरेको लकडाउनको समयमा एक जिल्ला र नगरबाट अर्को जिल्ला या नगरमा जान नपाइने भनेर निर्देशन जारी गरेपछि उदयपुरको उदयपुरगढी गाउपालिकाले एक वडाबाट अर्को वडामा समेत जान नपाइने नियम बनाएको छ।

नगरले एक वडाबाट अर्को वडामा अति आबश्यकिय सवारीबाहेक अन्यलाइ छिर्न नदिने भन्दै त्यसको निगरानीका लागि उदयपुरगढी गाउँपालिका वडा नम्बर ३ का स्थानीय दिनेश नारायण श्रेष्ठको अगुवाइमा समितिनै गठन गरेर दुई जना युवालाई स्वयमसेवक खटाएको छ।

गाउमा अपरिचित ब्याक्ति र पास नलिएका सवारी साधनलाई रोक्न २ स्वयमसेवक खटाइएको उदयपुरगढी गाउपालिका वडा नं ३ वडा सदस्य गम्भीर बहादुर तामाङले जानकारी दिए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]