आफैले उत्पादन गरेको पिपिई १ सय १८ वटा एम्बुलेन्सलाई दिए महावीर पुनले

Logo
बुधबार, चैत्र २६, २०७६

राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुनले १ सय १८ ओटा एम्बुलेन्सलाई नि:शुल्क पिपिई बाडेका छन्।

पिपिई नभएको कारण एम्बुलेन्स चालकले बिरामी ओसार्न नमानेको थाहा पाएपछि उनले एम्बुलेन्स चालकलाई पिपिई लिन आउन आग्रह गरेका थिए।

अविष्कार केन्द्रमा दैनिक १२० देखि १३० वटासम्म पिपिई उत्पादन भइरहेको उनले जानकारी दिए। त्यस्तै अविष्कार केन्द्रबाट नेपालभर १ सय ५० भन्दा धेरै अस्पतालले पिपिई लगेको पुनले बताए।

केही दिनअगाडि पिपिई बनाउनको लागि आर्थिक अभाव भएको भन्दै पुनले ७ लाख रुपैयाँ सापट मागेका थिए। त्यस रकममध्ये ४ लाख सापटी र ३ लाख दान पाएको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।