उदयपुरबाट २६ जनाको स्वाब परीक्षणका लागि धरान पठाईयो

Logo
बिहिबार, चैत्र २७, २०७६

उदयपुर । नेपाली सेनाको १८ नम्वर वाहिनी अन्तर्गत रणशार्दुल गण वेलस्रोत क्याम्पमा बनाइएको क्वारेन्टाइनबाट कोरोना भाईरस (कोविड १९) को आशंकामा गरिएका २६ जनाको स्वाब बुधबार परीक्षणका लागि नमुना संकलन गरिएको छ ।

सरकारले विदेशबाट आएहरुको स्वाब परीक्षण गर्ने निर्णय गरेसँगै सेनाको क्वारेन्टाइनमा रहेको २६ जनाको स्वाबको नमूना संकलन गरेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र कटारी नगरपालिकाको स्वास्थ्य शाखाको संयुक्त टोलीले १५ दिनदेखि क्वारेन्टाइनमा बसेका उनीहरुको स्वाब संकलन गरी विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएका जन स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले जानकारी दिए ।

प्रमुख सुवेदीका अनुसार सबैको आशंकामा स्वाब परीक्षण गर्न पठाएको भन्दापनि क्वारेन्टाइनमा राखेपछि त्यसको मापदण्ड पुरा गर्नै पर्ने र बसेकाहरुलाई पनि स्वास्थ्य अवस्थाको जानकारी दिनु पर्ने भएकाले परीक्षण गर्न पठाइएको हो।

यस अघि जिल्लाबाट स्वाब परीक्षणका लागि पठाईएका १३ जनाकै कोरोना रिर्पोट नेगेटिभ आएको छ । अहिलेसम्म उदयपुरमा विदेशबाट आएका ६६ जनालाई क्वारेन्टाईनमा राखिएको छ ।

बेलास्रोत क्वारेन्टाइनमा २६ जना, चौदण्डीगढीले बनाएको क्वारेन्टाइनमा ४ जना, त्रियुगा नगरपालिकाको क्वारेन्टाइनमा ८ जना, बेलका नपामा ९, रौतामाई गाउँपालिकामा ११ र लिम्चुङबुङ गाउँपालिकामा ८ जनालाई क्वारेन्टाईनमा राखिएको छ ।

यस्तै निगारानिका साथ दुई सय ८४ जना होम क्वारेन्टाइनमा रहेको प्रमुख सुबेदीले बताए।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।