विश्वका २ सय ९ देशमा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या ९५ हजार नाघ्यो

संक्रमित १६ लाख बढी
Logo
एजेन्सी शुक्रबार, चैत्र २८, २०७६

काठमाडौं : विश्वका २ सय नौ देशमा फैलिएको यो भाइरसबाट मृत्यु हुनेको संख्या ९५ हजार ७ सय १६ पुगको छ। वर्ल्डोमिटरका अनुसार हिजो मात्रै सात हजार भन्दा बढी मानिसको ज्यान गएको छ भने ८४ हजार भन्दा बढी नयाँ बिरामी थपिएका छन्।

कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एकैदिन १९ सयको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १६ हजार ६ सय ९१ पुगेको छ। त्यस्तै पछिल्लो २४ घन्टाभित्र ३३ हजार ५ सय बढी संक्रमित थपिएका छन्।

वर्ल्डोमिटरको तथ्यांकअनुसार अमेरिकामा संक्रमित हुनेको संख्या ४ लाख ६८ हजार ५ सय ६६ पुगेको छ। यो संख्या स्पेन, इटाली, जर्मनी र फ्रान्सभन्दा करिब ४ गुणाले बढी हो। त्यस्तै बिहीबार फ्रान्समा १३ सय ४१ जनाको मृत्यु भएको छ भने ४ हजार ८सय संक्रमित थपिएका छन्।

फ्रान्समा मृत्यु हुनेको संख्या १२ हजार २ सय १० पुगेको छ भने संक्रमित हुनेको संख्या १ लाख १७ हजार ७४९ पुगेको छ। इटालीमा मृत्यु हुनेको संख्या १८ हजार नाघेको छ।

विश्वभर संक्रमितको संख्या १६ लाख नघेको छ। त्यस्तै ३ लाख ५६ हजार २ सय ८३ जना उपचारपछि निको भएका छन्।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।