भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई सय नाघ्यो, संक्रमित छ हजारमाथि

दैनिक ५ सय बढी संक्रमित थपिदै, कोरोनाबाट एक डाक्टरको मृत्यु
Logo
शुक्रबार, चैत्र २८, २०७६

भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय नाघेको छ। शुक्रबार बिहानसम्म भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २६ पुगेको हो। त्यस्तै संक्रमितको संख्या ७ नजिक पुगेको छ ।

अहिलेसम्म त्यहाँ ६ हजार ७ सय २५ संक्रमित भएका छन। पछिल्लो समय भारतमा संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएको छ। बिहिबार मात्र भारतमा कोरोरना संक्रमणबाट ४० बढीले ज्यान गुमाएका छन्।

दैनिक ५ सय बढीमा यो संक्रमण देखा पर्न थालको छ। कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रण गर्न भारतमा २१ दिने लकडाउन जारी गरिएको छ।

अप्रिल १५ पछि पनि लकडाउन लम्बाउने तयारी गरिरहेको प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार बताएका थिए। कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको बेला लकडाउन खोल्न नसकिने बताएका थिए।

भारतमा कोरोनाबाट डाक्टरको पनि मृत्यु

भारतमा कोरोनाभाइरसको संक्रमणबाट पहिलोपटक डाक्टरको मृत्यु भएको छ। इन्दौरका ६२ वर्षीय जनरल फिजिसियन डा. शत्रुघन पन्जवानीमा चार दिनअघि कोरोनाभाइरसको संक्रमण देखिएको थियो। उनको मृत्यु श्री अरविन्दो अस्पतालमा भएको हो।

उनका सहकर्मीका अनुसार उनले कुनै पनि कोरोना संक्रमित बिरामीको जाँच गरेका थिएनन्। उनी कसरी संक्रमित हुन पुगे यसबारे भने खुलाइएको छैन।।

डा. पन्जवानीका श्रीमती तथा तीन छोरा अस्ट्रेलियामा रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]