एम्बुलेन्स नपाएपछि आमाको काखमै तीन वर्षीय बालकको गयो ज्यान

Logo
आइतबार, चैत्र ३०, २०७६

भारतको विहारमा एम्बुलेन्स नपाएपछि तीन वर्षीय बालकको मृत्यु भएको छ। गत शुक्रबार एम्बुलेन्स नपाएपछि आमा बुबाले बालकलाई टेम्पोमा राखेर जिहानावादको सरदार अस्पतालमा लगेका थिए।

तर सो अस्पतालले पटनाको अर्को अस्पतालमा रिफर गरिदियो। तर एम्बुलेन्सको कुनै व्यवस्था मिलाइदिएन। एम्बुलेन्स नपाएपछि उनीहरू फेरि बालकलाई बोकेरै पटनाको अस्पतालका लागि हिँडे। तर ती बालकको बाटोमै आमाको काखमा मृत्यु भइसकेको थियो।

बालकका बुबा गिरेज कुमारका अनुसार उनको छोरा दुई दिनअघि देखि बिरामी परेका थिए। ती बालकलाई रूघाखोकी र ज्वोरो आएको थियो।
‘हामीले गाउँकै स्थानीय डाक्टरलाई देखाउँदै थियौं। तर अवस्था बिग्रिदै गयो।

एम्बुलेन्स बोलाउन खोजेका थियौं, नपाएपछि टेम्पोलाई बोलाएर जिहानावादको सरदार अस्पतामा लग्यौं,’ उनले भने, ‘अस्पतालका डाक्टरहरूले हामीलाई पटना मेडिकल कलेज एण्ड हस्पिटलमा रिफर गरिदिए तर एम्बुलेन्सको व्यवस्था गरिदिएनन्।’

उनकी आमाले ती बालकलाई बोकेर रूदै गरेको भिडिओ पनि अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। भिडिओमा आमाले मृत्यु भइसकेका बालकलाई बोकेकी छिन्।

बालकको मृत्युपछि बाटोमा कसैले सहयोग गर्न खोजेका थिए। तर उनका बुबाले अब एम्बुलेन्स नचाहिने बताएका थिए। एनडिटिभीका अनुसार
उक्त घटना बाहिरिएसँगै सरदार अस्पतालका म्यानेजरलाई जिल्ला म्याजिस्ट्रेटले निलम्बन गरेका छन्।

‘बिरामीलाई तत्काल एम्बुलेन्सको व्यवस्था गर्नुपर्थ्यो। हामीले यो कसरी भयो भन्ने बुझ्दैछौँ’ जिल्लाका म्याजिस्ट्रेट नविन कुमारले भने।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।