माछा मार्ने क्रममा दूधकोशीमा डुबेर एक किशोरको मृत्यु

Logo
रासस आइतबार, चैत्र ३०, २०७६

खोटाङ । दूधकोशीमा डुबेर हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका १५ वर्षीय सबिन राईको मृत्यु भएको छ । माछा मार्न जाल थाप्ने क्रममा सोही जालमा बेरिएर दूधकोशीमा डुबेका राईको आज मृत्यु भएको हो ।

खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने सोक्माटारस्थित झोलुङ्गे पुल नजीकै बिहान ११ः५५ बजे डुबेका सबिनको शव दिउँसो १ः३० बजे फेला पारिएको वडाध्यक्ष रुद्र राईले बताए ।

नदीमा डुबेपछि उद्धार गर्ने क्रममा खोजी गर्दा करीब ५० मिटर तल जालमै बेरिएको अवस्थामा उनलाई मृतावस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

सबिनको जेठा दाजु बृखधन राई सिकिस्त बिरामी भएर सामुदायिक अस्पताल ओखलढुङ्गा पठाइएकै दिन सबिनको नदीमा डुबेर ज्यान गएको स्थानीयवासीले बताएका छन् ।

मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल झिकाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए । सबिन ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाको महादेवस्थान माविमा कक्षा ९ मा अध्ययनरत रहेका थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।