लकडाउन तत्काल खुल्दैन – प्रधानमन्त्री

Logo
आइतबार, चैत्र ३०, २०७६

काठमान्डाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ लाई फैलिन नदिन जारी लकडाउन तत्काल नखुल्ने स्पष्ट पारेका छन्। हिजाे शनिबार सिंहदरबारस्थित एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो संवादमा प्रधानमन्त्री ओलीले लकडाउन अझै लम्बिने बताएका हुन्। बिहान साढे ११ बजेदेखि दिउँसो साढे ३ बजेसम्म चार घण्टा चलेको भिडियो संवादका क्रममा प्रधानमन्त्रीले सीमामा अझै कडाइ गर्ने प्रष्ट पारेका छन्।

सरकारले अहिले भारतीय सीमामा प्रत्येक किलोमिटरको दरमा सशस्त्र प्रहरी खटाएर गस्ती गरिरहेको छ। ‘लकडाउन छिट्टै अन्त्य हुँदैन। सरकारले सीमामा अझ कडाइ गर्छ। भावुक कुरा गरेर लापरबाही स्वीकार्य हुँदैन’, उनले मुख्यमन्त्रीहरुसँगको संवादमा भने, ‘संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको छ। भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन।

यसमा नरम बनेर लापरबाही नगर्नु होला, यो कुरामा सचेत रहनुस्।’ प्रधानमन्त्री ओलीले सरकारभन्दा भिन्‍न कुनै संयन्त्र आवश्यक नरहेको पनि प्रष्ट पारेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। ‘सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक छैन’, उनले भने, ‘सरकार स्वयंले अथोरिटीका साथ काम गरिरहेको छ।

१५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्‍ने जस्तो कसैले नगर्नुस्।’ भिडियो संवादका क्रममा प्रधानमन्त्रीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आ-आफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासहरूको स्थिति जानकारी लिएका थिए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]