र्‍यापिड टेस्ट गर्दा बागलुङकी एक महिलामा कोरोना पोजेटिभ भेटियो

Logo
सोमबार, बैशाख ०१, २०७७

बागलुङकी एक महिलामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ । र्‍यापिड टेस्ट गर्ने क्रममा ती महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

यापिड टेस्ट गर्ने क्रममा बागलुङ काठेखोला गाउँपालिकाकी एक महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले जानकारी दिए । यद्यपि, ती महिलाको स्वाव पुनःपरीक्षण गरेपछि मात्रै आधिकारिक प्रमाणित हुने उनको भनाई छ ।

र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएका कारण पुनःपरीक्षणको लागि महिलाको स्वाब सोमबार पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा पुनःपरीक्षणको लागि पुर्‍याइने उनले बताए ।

सैंजूका अनुसार हिजोदेखि सुरु भएको र्‍यापिड टेस्टमा जम्माजम्मी ५ सय ८५ जनाको टेस्ट गरिएको छ । संक्रमित महिलाको परिवारलाई क्वारेन्टाइनमा राख्ने प्रयास पनि सुरु भईसकेको छ । संक्रमित महिला तीर्थयात्रामा भारत गएर फर्केकी थिइन् ।

यसअघि कोरोना संक्रमण पुष्टि भएका दुई जनाको बागलुङमै उपचार भइरहेको छ । हालसम्म बागलुङमा पछिल्लो देखिएको पोजेटिभ केस बाहेक नेपालमा १२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ । जसमा एक जना भने निको भएर घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry