सुनसरीका तीन मस्जिदमा ३३ विदेशी

Logo
सोमबार, बैशाख ०१, २०७७

इटहरी : सुनसरीका तीनवटा मस्जिदमा ३३ जना विदेशी रहेका छन्। उनीहरुले तीनदेखि चार महिनाअघि नेपाल आएको बताएपनि लकडाउनको समयमा चोरबाटो हुँदै भारतबाट नेपाल आएको प्रहरीको अनुमान छ।

वीरगन्जको मस्जिदमा लुकेर बसेका तीन जना मुस्लिम धार्मिक गुरुमा कोरोना संक्रमण देखिएपछि सुनसरी प्रहरीले यहाँका मस्जिदमा बस्ने विदेशी माथि अनुगमन बढाएको हो। सुनसरीको हरिनगर गाउँपालिका १ स्थित जामिया मस्जिद मरकजमा १४ भारतीय र इटहरी १८स्थित जतपुर मस्जिदमा ८ जना पाकिस्तानी फेला परेका हुन्।

मस्जिदले गुपचुप राखेपनि स्थानीयले दिएको सुचनाका आधारमा उनीहरुबारे निगरानी बढाएर स्वास्थ्य परीक्षणमा कडाई गरेको छ। प्रारम्भिक परीक्षणमा उनीहरुमा कोरोनाको कुनै लक्षण नदेखिएको प्रहरीले जनाएको छ। सुनसरीकै दुहवी १ स्थित जामे मस्जिदमा ११ पाकिस्तानी मुस्लिम धर्मगुरु भेटिएका छन्। गत फागुन २४ गते पाकिस्तानबाट काठमाडौहुँदै सुनसरी आएका उनीहरुलाई मस्जिदभित्रै निगरानीमा राखिएको छ।

उनीहरु लकडाउन सुरु हुनुभन्दा एक दिनअघि चैत्र १० गते दुहबी आएका थिए। भारतीय र पाकिस्तानीहरुभन्दा धेरै बढी संख्यामा चोर बाटोहुँदै नेपालीहरु भारतबाट नेपाल छिरेको अनुमान गरिएको छ। मस्जिदमा रहेका विदेशी केही महिना अघि नै आएका सुनसरी प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले बताए। सुनसरी आउने स्वदेशी तथा विदेशीलाई निगरानीमा राखिएको उनले जानकारी दिए।आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुनसरीबाट हिमाल दाहालले यो समाचार लेखेका छन्।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।