बन्दाबन्दीको मौका छोप्दै खाद्यान्नको भाउ बढाए उदयपुरका व्यापारीले

Logo
खेमराज दाहाल सोमबार, बैशाख ०१, २०७७

विपत्तिको मौका छोपी व्यापारीले बजारमा एकाधिकार (कार्टेलिङ) जमाउँदै अधिकांश खाद्य सामग्रीमा भारी मूल्यवृद्धि गरेका छन्। दाल, चामल, खानेतेल, तरकारीलगायत अधिकांश खाद्य वस्तुको भाउ अस्वाभाविक रुपमा बढाइएको छ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोक्न नेपाल सरकारले गरेको बन्दाबन्दीले जनजीवन नै तहसनहस भएका बेला उपभोक्ताको ढाड सेक्ने गरी मूल्य बढाएका छन्।

उदयपुरमा बन्दाबन्दी अगाडी ४० रुपैया प्रतिकेजी बिक्री हुदै आएको चामललाई अहिले ४ रुपैया बढाएर ४४ रुपैया प्रतिकेजी बिक्री भईरहेको छ। चैत्र महिनाको पहिलो हप्ता प्रतिकेजी ९० रुपैयाले बिक्रीभइरहेको दाललाई अहिले प्रतिकेजी १५ देखी २० बढाएर ११० सम्म बिक्री भइरहेको छ।

खाने तेल चिनी लगाएतका आबस्यकिय खाद्य सामाग्रीमा पनि भारी मूल्यवृद्धि गरेका छन्। चिनीमा प्रतिबोरा १५० सम्म मुल्यबृद्धि गरेका छन् भने खाने तेलमा प्रति कार्टुन १०० रुपैया वृद्धि गरेका छन्।

बन्दाबन्दी अबस्थामा जिल्ला प्रशासनबाट पास लिएर निर्वाध रुपमा ढुवानी गर्न पाएका ब्यापारी हरुले आफु खुसी मूल्यवृद्धि गर्दा बन्दाबन्दीले जनजीवन नै तहसनहस भएका उपभोक्ताको ढाड सेकिएको छ।

नगरले वितरण गरेको राहत खाद्य सामाग्रीमा समेत ब्यापारी हरुले साविकको भन्दा मूल्यवृद्धि गरेर पैसा लिएको नगरपालिका वडाअध्यक्षहरु बताउछन।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]