कोरोना संक्रमित बढ्दै गएपछि बैशाख १५ सम्म लकडाउन थप्‍ने सरकारको निर्णय

नेपालमा संक्रमितको संख्या १६ पुग्यो
Logo
मंगलबार, बैशाख ०२, २०७७

काठमाडौं : सरकारले हाल जारी लकडाउनलाई बैशाख १५ गतेसम्म थप्‍ने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठककले चैत ११ देखि जारी लकडाउनलाई बैशाख १५ सम्म थप्‍ने निर्णय लिएको हो।

यसअघि सरकारले चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो। पछि उक्त अवधि बढाएर चैत २५ हुँदै वैशाख ३ गतेसम्म पुर्‍याइएको थियो।

मुलुकभित्र कोरोना सङ्क्रमितको संख्या बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले लकडाउन एकसाता लम्ब्यार अझ कडाई गर्ने निर्णय बैठकमा भएको एक मन्त्रीले जानकारी दिए।

हिजो र आज मात्रै नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण भेटिएका छन्। कैलालीकी एक महिला र रौतहटका एक युवकमा कोरोना भाइरसको संक्रमण भेटिएको हो।

काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा समेत दुईजना कोरोना संक्रमित भेटिएपछि लकडाउनलाई लम्ब्याउने निर्णयसहित थप कडाइ गर्ने नीति लिएको हो।

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ पुगेको छ। कोरोना भाइरसका कारण सुदूरपश्चिम प्रदेशमा पाँचजना, गण्डकी प्रदेशमा दुई जना, प्रदेश-२ मा चार जना र काठमाडौंमा दुई जना उपचाररत छन्। एक जना भने उपचारपछि घर फर्किसकेका छन्।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।