र्‍यापिड परीक्षणबाट सप्तरीमा पनि दुईजनालाई कोरोना पोजेटिभ

Logo
बुधबार, बैशाख ०३, २०७७

लहान : दिल्लीको निजामुद्दीन स्थित तबलिकी जमातमा सहभागी भएर फर्केका सप्तरीका आठमध्ये दुईजनामा कोरोना पोजेटिभ देखिएको छ। गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणबाट दुई जना कोरोना पोजेटिभ देखिएको हो।

‘हामीले सातजनाको आरडीटी टेष्ट गर्दा पाँच जनाको रिपोर्ट नेगेटिभ र दुई जनाको पोजिटिभ आएको छ’ गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालका प्रमुख डाक्टर चुमनलाल दासले सञ्‍चारकर्मीलाई मंगलबार भने। सातैजनाको थ्रोट स्वाब लिएर पीसीआर टेष्टका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उनले जानकारी दिए। कोरोना पोजेटिभ देखिएका दुवैलाई आइसोलेसनमा राखेर उपचार सुरु गरिएको उनले बताए।

गत मार्च ८ र ९ तारिखमा नयाँ दिल्लीको निजामुदिन मस्जितमा आयोजित मर्कज भनिने धार्मिक मेलामा भाग लिएर उनीहरु जमातीका रुपमा सप्तरी आइपुगेका थिए। स्थानीय प्रशासनका अनुसार दिल्लीबाट फर्किएदेखि उनीहरु घरमा नै थिए। उनीहरु मर्कजबाट फर्केको सूचना पाएपछि स्थानीय प्रशासनले कोरोना परीक्षण गर्न भनेको थियो।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी आनन्द ठाकुरका अनुसार उनीहरुमध्ये सातजना मंगलबार गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजमा परीक्षणका लागि आएका थिए। दिल्लीबाट फिरेकामध्ये अझै एकजना परीक्षणका लागि आएका छैनन्।

सातजनाको परीक्षण गर्दा दुई जनामा पोजेटिभ देखिएपछि उनीहरुको ‘कन्टयाक्ट ट्रेसिङ’ र ‘ट्राभल हिस्ट्री’ खोज्न थालिएको छ। यसअघि प्रदेश २ कै वीरगञ्‍जमा दिल्लीको निजामुद्धिनस्थित तबलिकी जमातमा सहभागी भएका भारतका तीनजना नागरिकलाई कोरोना देखिएको पुष्टि भएको छ।

त्यसैगरी वीरगञ्‍जमै चिया पसल चलाइरहेकी कैलालीकी ६५ वर्षीया वृद्धालाई पनि कोरोना देखिएको छ। प्रदेश २ को रौतहटमा पनि दिल्लीबाटै आएका एकजना १९ वर्षीय युवकलाई कोरोना देखिएको छ।

उनी र तीन भारतीयको नारायणी क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। यसअघि मंगलबारै काभ्रेमा दुईजना र धादिङमा एकजना युवकको आरडीटी परीक्षण गर्दा कोरोना देखिएको थियो।

काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने तीनजनामा पनि आरडीटी परीक्षणबाटै कोरोना देखिएको थियो। जसमध्ये दुईलाई कोरोना पुष्टि भइसकेको छ। उनीहरु अहिले पाटन अस्पतालको आइसोलेसनमा छन्।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।