मनकारी घरबेटी बन्द समयकाे घरभाडा नलिने

दिपक श्रेष्ठ बिहिबार, बैशाख ०४, २०७७

भक्तपुरका एक घरवेटीले लकडाउनको समय अवधी भरको घरभाडा नलिने भएका छन्। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोट निबासी राम थापा मगर र श्रीमती लक्ष्मी राई (मगर)ले घरभाडा नलिने भएका हुन्।

कोरोना भाइरसको महामारी बिश्वब्यापी रुपमा फैलिरहँदा यसको संक्रमण रोक्न चैत्र ११ गते देखी सरकारले लकडाउन गरेको छ। लकडाउनको समयमा ज्यालामजदुरी गरिखाने र घरभाडामा बस्नेहरु समस्यामा परेका छन।

आफ्नो घरमा भाडामा बस्दै आएका हरुको पनि आयआर्जन गर्ने बाटो नहुदा खान समेत समस्या पर्दै आएकोले उनीहरुको समस्यालाई बुझेर मगर दम्पतीले चैत महिनाको भाडा नलिने भएका छन् ।

मगर परिवारले चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोट स्थित घरमा दुई तला भाडामा लगाएका छन। मगर दम्पतीले आफुहरुपनि पहिले यस्तै अवस्थाबाट गुज्रिएको स्मरण गर्दै भने, “उनीहरु आफैँ समस्यामा छन् भाडा लिन पनि सुहाएन, कुनै बेला हामी पनि कहाली लाग्दो आर्थिक विपन्नताको अवस्थाबाट गुज्रिएरै आएका हौं।”

धन सम्पत्तिले कसैलाई पनि कहिले पुगिसरी नहुने भन्दै उनले सेवा नै धर्म हाे भने भाडा नलिने निर्णय गरिउ र यसै गरि अरूले पनि भाडावाल हरुलाई सहयोग गर्न आग्रह गरे ।

सम्पर्क

शोलुसन मिडिया प्रा.ली.
दर्ता नं. : – xxxxxxx
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]

सामाजिक संजाल

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: महेश खनाल
न्युज डेस्क – बिना मगर, चित्र मगर

हाम्रो बारे

सोलुसन खबर डट कम अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित सोलुसन खबर डट कम र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।