लालपत्ता जंगलमा बेवारिसे शव फेला

Logo
बिहिबार, बैशाख ०४, २०७७

उदयपुर : एक पुरुषको शव बिहिबार उदयपुरको त्रियुगा नगरपालिका ६ लालपत्ता जंगलमा बेवारिसे अवस्थामा फेला परेको छ।

लालपत्ता स्थितमा रक्सा सामुदायिक बनमा अन्दाजी ५५-६० वर्षीय पुरुषको शव बिहिबार दिउँसो फेला परेको उदयपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ८- १० दिन अगाडी नै मृत्यु भएको जस्तो देखिएको उक्त शव सडेर दुर्गन्धित अबस्था रहेको थियो । पहिरन हेर्दा तराई मुलको जस्तो देखिने ब्यक्तिको अहिले सम्म पहिचान हुन सकेको छैन।

सवै कानुनि प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमका लागी जिल्ला अस्पताल उदयपुर ल्याएको र अन्य कारणहरु बुझ्ने कार्य भई रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।