पेट्रोलियम पदार्थको मूल्य भारतबाट घटेर आएपनि नेपालमा यथावत

Logo
बिहिबार, बैशाख ०४, २०७७

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय गरेको छ। प्रत्येक १५ दिनमा भारतबाट आएको मूल्यसूचीअनुसार नेपाली बजारमा पनि मूल्य घटबढ गर्दै आएको निगमले यो पालि भने मूल्य यथाव राखिएको जानकारी दिएको छ।

निगमले प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको माग न्यून भएकाले भारतबाट खरिद मूल्य घटेर आएपनि मूल्य समायोजन नगरिएको बताएको छ।

लकडाउनका कारण खाना पकाउने ग्याँस बाहेक अन्य पदार्थको व्यक्तिगत प्रयोग नहुँदा माग घटेको छ। यद्यपी संस्थागत र औद्योगिक प्रयोग यथावत रहेकाले अन्तर्राष्ट्रिय बजारमा घटेको मूल्यको लाभ ती उपभोक्ताले नपाउने भएका छन्।

मूल्य बढ्दा मारमा पर्ने उपभोक्ताले घट्दा पाउने स्वभाविक लाभबाट बञ्चित हुने निश्चित भएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]