काेराेना संक्रमित भनिएकी ६५ वर्षीय वृद्धामा कोरोना नेगेटिभ देखिए पछि डिस्चार्जकाे तयारी

Logo
बिहिबार, बैशाख ०४, २०७७

बागलुङ : धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा उपचार गराइरहेकी बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया वृद्धाको तेस्रो पटक गरिएको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उनकाे थ्रेट स्वाब परीक्षण गरिएकाे र नतिजा नेगेटिभ आएकाे जानकारी स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले दिए।

उनी नेपालकै छैटौं कोरोना संक्रमित हुन्। सोही अस्पतालको आइसोलेसनमा उपचाररत १९ बर्षिय युवतीको भने चौथो पटक गरिएको परीक्षणमा पनि कोरोनाको संक्रमण पोजेटिभनै देखिएको गुरौले बताए।

दुवै जनाको बुधबार स्वाव संकलन गरेर बिहिबार परीक्षणका लागि पठाईएको थियो। नेगेटिभ रिपोर्ट आएकी बृद्धाको २४ घण्टाभित्र पुनःथ्रेट स्वाव संकलन गरेर परीक्षणका लागि पठाइने छ।

चौथो पटकमा पनि उनको नेगेटिभ रिपोर्ट आएमा अस्पतालबाट डिस्चार्जको प्रकृया सुरु हुने अस्पतालका निमित्त मेसु डा शैलेन्द्र बहादुर पोखरेलले बताए।

उनीहरु दुवै जना गत चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएका थिए। दुवैको स्वास्थ्य अवस्था सामान्य छ। यसैगरी पाँचौ संक्रमित बागलुङ नगरपालिका ४ कुँडुलेकी युवतीको सम्पर्कमा आएका २१ जनाको कोरोना परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको डा पोखरेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]