उदयपुरका कोरोना संक्रमितलाई बिराटनगर पठाईयो

उदयपुर सबैभन्दा बढी कोरोना भाइरस संक्रमित भएको जिल्ला
Logo
शुक्रबार, बैशाख ०५, २०७७

उदयपुर – आज कोरोनाको पुष्टि भएका १२ जनालाई एम्बुलेन्स मार्फत विराटनगर पठाइएको छ। उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिदमा बसेका १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि आज बिराटनगर पठाइएको हो।

बिराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा कोरोना पोजिटिभ देखिए पछि थप परिक्षणका लागि काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण पनि पोजिटिभ देखिएको थियो।

उदयपुरका भेटिएका १२ संक्रमित सबै पुरूष र उनीहरूको उमेर ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्ष रहेको छ ।

संक्रमितहरु उदयपुर नगरपालिका-३ स्थित भुल्केमा रहेको मस्जिदमा भेटिएका थिए । मस्जिदमा नयाँ मानिसहरु देखेपछि स्थानीयले खबर गरेका थिए ।

सुरुको र्‍यापिड टेष्टमा सबैको रिपोर्ट नेगेटिभ आएका कारण सोही स्थानमा सामाजिक दुरी कायम गरि बस्ने गरि स्वाब कलेक्सन गरि बिराटनगर पठाईएको थियो।

एकै पटक १२ जनालाई कोरोनाको संक्रमण देखिएपछि उदयपुर सबैभन्दा बढी कोरोना भाइरस संक्रमित भएको जिल्ला भएको छ। हाल नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]