नेपालमा काेराेना संक्रमितकाे संख्या ३० पुग्याे

एकैदिन उदयपुरमा १२ संक्रमित भेटीए
Logo
शुक्रबार, बैशाख ०५, २०७७

काठमाडाैं : नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या ३० पुगेकाे छ। शुक्रबार एकै दिन उदयपुर र चितवनबाट १४ जना संक्रमित थपिएका छन्। उदयपुर र चितवनका गरी १४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएसँगै संक्रमितको संख्या ३० पुगेको हाे।

उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा बसेका १६ जनामध्ये १२ जनामा काेराेना संक्रमण भएकाे पुष्टि भएकाे छ। त्यसैगरी चितवन पनि दुई जनामा काेराेना संक्रमण देखिएकाे छ।

सुरुको र्‍यापिड टेष्टमा सबैको रिपोर्ट नेगेटिभ आएकोमा विराटनगरमा रहेको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा १२ जनाको रिपोर्ट पोजेटिभ आएको थियाे।

उनीहरुको रिपोर्टको अन्तिम निस्कर्ष निकाल्न त्यही नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएकाे थियाे। त्यहाँ पनि उनीहरुको रिपोर्ट पोजेटिभ नै देखिएको थियो।

यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवन राप्ती नगरपालिकाकामा पनि थपिएका छन्। स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पुनः परीक्षणमा पनि दुईजनाकै कोरोना पोजिटिभ देखिएको हो।

यसअघि भरतपुर कोभिड-१९ परीक्षण प्रयोगशालाले ती दुई जनाको हिजो राती कोरोना पोजेटिभ नतिजा देखिएको थियो। त्यसपछि राति नै पुनः परीक्षणका लागि स्वाब काठमाडौं पठाइएको थियो । त्यहाँ पनि उनीहरुको रिपोर्ट पोजेटिभनै देखिएको थियो।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]