उदयपुर – उदयपुरमा भेटिएका १२ कोरोना संक्रमितहरु ४० दिन देखि उदयपुरमा बस्दै आएको पाइएको छ। त्रियुगा नगरपालिका ३ स्थित भुल्केको मस्जिदमा ३० दिन र चौदण्डीगढी नगरपालिका शिवाई स्थित मस्जिदमा १० दिन गरेर ४० दिन बस्दै आएको प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले बताए ।
प्रजीय पहाडीका अनुसार ४० दिन अगाडी उदयपुर आएका भारतीयहरु सप्तरीको वोदेबर्साइन नगरपालिका – ५ जाँजरमा फागुन ३–५ गते भएको नेपाल इज्तिमा सहभागी भएर यहाँ आएको बुझिएको छ। यसअघि सोही सम्मेलनमा सहभागी भएर वीरगन्जको मस्जिदमा बस्दै आएका तीनजना मुस्लिम धर्मगुरुमा कोरोना संक्रमण देखिएको छ।
संक्रमितहरु बस्दै आएको भुल्केको मस्जिदलाई अहिले सुरक्षाकर्मी हरुले सिलगरि सम्भावित ठाउहरुलाई समेत घेराउ गरि नियन्त्रणमा राखिएको प्रजीय पहाडीले बताए।
१२ जनामा कोरोनामा पोजेटिभ देखिए पछि प्रशासनले मस्जिद आसपासका मुस्लीम टोलका सबैको आरडिटि परिक्षण गर्ने तयारी गरेको छ । उनीहरुको सम्पर्कमा गएका व्यक्तिहरुको पहिचान गर्ने काम गर्ने र टोललाईनै शिल गरेर आरडिटि र आवश्यक्ताको आधारमा स्वांब परिक्षण गरिने प्रजीय पहाडीले बताए । उदयपुरमा भेटिएका १२ जना कोरोना संक्रमितमध्य १ जना नेपाली र ११ जना भारतीय नागरिक हुन् ।