र्‍यापिड टेस्टले झुक्यायो उदयपुरेलाई, र्‍यापिड टेस्टको विश्वसनीयतामाथि प्रश्न

Logo
शनिबार, बैशाख ०६, २०७७

उदयपुर – भारतबाट आएर उदयपुरको त्रियुगा नगरपालिका ३ स्थित भुल्के मस्जिदमा बसेका १२ जना भारतीयको गत बुधबार र्‍यापिड टेस्टमा नेगेटिभ आएपनि पिसिआर टेस्टमा पोजेटिभ आए पछि र्‍यापिड टेस्टको विश्वसनीयतामाथि प्रश्न उठेको छ।

बुधबार किटबाट गरिएका १२ परीक्षण नेगेटिभ आएपनि सुक्रबार गरिएको पिसिआर टेस्टमा पोजेटिभ आएपछि किटमाथि प्रश्न खडा भएको हो। सरकारले चीनबाट यो किट ल्याए लगत्तै विज्ञहरूले यसमाथि प्रश्न उठाएका थिए तर अहिले सम्म सरकार यस बारे बोलेको छैन।

र्‍यापिड परीक्षण गर्दा नेगेटिभ देखाएको थियो तर उनीहरु माथी शंका लागेर सबैको स्वाब परीक्षणका लागि कोशी अस्पतालको प्रयोगशालामा पठाएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए।

भारतबाट त्यो पनि सप्तरीको वोदेबर्साइन नगरपालिका – ५ जाँजरमा फागुन ३–५ गते भएको नेपाल इज्तिमा सहभागी भएर आएका हुनाले उनीहरूको शुक्रबार पुनः पिसिआरमा स्वाब परीक्षण गरिएको थियो ।

यसअघि इज्तिमा सहभागी भएर वीरगन्जको मस्जिदमा बस्दै आएका तीनजना मुस्लिम धर्मगुरुमा कोरोना संक्रमण देखिएको छ। उदयपुरमा भेटिएका १२ जना कोरोना संक्रमितमध्य १ जना नेपाली र ११ जना भारतीय नागरिक हुन् ।

संक्रमितहरु बस्दै आएको भुल्केको मस्जिदलाई अहिले सुरक्षाकर्मी हरुले सिलगरि सम्भावित ठाउहरुलाई समेत घेराउ गरि नियन्त्रणमा राखिएको प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले बताए ।

१२ जनामा कोरोनामा पोजेटिभ देखिए पछि प्रशासनले मस्जिद आसपासका मुस्लीम टोलका सबैको आरडिटि परिक्षण गर्ने तयारी गरेको छ । उनीहरुको सम्पर्कमा गएका व्यक्तिहरुको पहिचान गर्ने काम गर्ने र टोललाईनै शिल गरेर आरडिटि र आवश्यक्ताको आधारमा स्वांब परिक्षण गरिने प्रजीय पहाडीले बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry