उदयपुरका बैंक र एटिएम कोरोना संक्रमणहुने खतरा बाट मुक्त

Logo
शनिबार, बैशाख ०६, २०७७

विश्वमा कोरोनाका कारण डेढ लाख बढी मानिसले ज्यान गुमाईसकेका छन। उदयपुरमा १२ जना कोरोना संक्रमित भेटिए पछि जिल्लाभर र त्रियुगा नगरपालिकाका नागरिक त्रासमा छन।

नेपालमा कोरोना भाइरस देखापर्ना साथ सरकारले कोरोना संक्रमण रोक्न लकडाउनको घोषणा गर्यो। उदयपुरका जनताले लकडाउनको पालना गरेका नै थिए। कोरोना संक्रमित हुने आसंका समेत नगरिएको जिल्ला उदयपुरमा एकैपटक १२ जना संक्रमित भेटिदा यहाँका नागरिकमा त्रास बढेको छ।

उदयपुरका कोरोना संक्रमितहरुलाई लिएर सामाजिक संजाल फेसबुकमा विभिन्न टिक्का टिप्पणीका कारण अहिले नगर देखि देशभरका जनतामा कोरोनाको त्रास अरु बढाएको छ।

उदयपुरमा देखिएका भारतीय संक्रमितहरु धार्मिक उदेस्यले नेपाल आएका कारण बजार एरिया लगाएत बस्तीमा प्रवेश नगरेकोले आतिनुपर्ने अवस्था नरहेको केही सचेतकहरु बताउछन।

संक्रमितहरु इस्लाम समुदायका हुन् धार्मिक उदेश्यका साथ आएको भएकाले उदयपुरमा भएका इस्लाम समुदायका नागरिकमा संक्रमणको जोखिम होला नत्र अन्यले आतिनु पर्ने अवस्था नभएपनि सुरक्षित भने रहनु पर्ने सचेतकहरुको भनाई छ।

उदयपुरका बैंक र एटिएम खतरा मुक्त

नेपालमा कोरोना संक्रमण फैलिदै गएपछि चैत्र ११ गते बाट सुरु भएको लकडाउन आज सम्म पनि खुलेको छैन। अझै लकडाउन लम्बिने सम्भावना कायम छ। यस्तो अवस्थामा अतिआबस्यकिय कार्य भित्र बैंकिंग कारोबार पनि पर्छन।

लकडाउनका कारण बैंकहरु बन्द रहेपनि बैंकका एटिएमहरु भने संचालनमा छन्। सामान्य प्राबिधिक गडबडी भन्दा अन्य समय उदयपुरका सबै बैंकका एटीयम संचालनमा छन्।

बैंकको सुरक्षाकालागि खटिएका सुरक्षाकार्मिको चौबिसै घण्टा निगरानीमा कोरोनाको संक्रमण नहोस् भनेर हरेक एटीयममा सेनिटाइजर स्प्रे छर्किनुका साथै सेनिटाइजर राख्ने गरिएको छ।

हिजो सुक्रबार कोरोनाको पुष्टि भएका उदयपुरका १२ जनामा १ जना नेपाली त्यो पनि मोरंगका र अन्य भारतीय नागरिक भएका कारण गाईघाटका कुनै पनि एटीयम प्रयोग नगरेको पाइएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]