उदयपुरका संक्रमित १२ जनामा कोरोनाको कुनै लक्षण छैन

Logo
शनिबार, बैशाख ०६, २०७७

विराटनगर । उदयपुरमा भेटिएका १२ जना कोरोना संक्रमितमा पोजेटिभ देखिए पनि कुनै कोरोनको लक्षण देखिएको छैन। उदयपुरबाट शनिबार विहान १ बजे विराटनगर ल्याएर भर्ना गरिएका ११ जना भारतीयसहित एकजना नेपालीको अवस्था सामान्य रहेको छ ।

कोरोना पोजेटिभ देखिएपनि उनीहरुको अवस्था अति सामान्य रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. संगिता मिश्राले बताइन। डा. संगिता मिश्राका अनुसार संक्रमित १२ जनाले आफूहरुलाई कुनै समस्या नरहेको बताएकाले न्यूनतम औषधी चलाउन बाहेकको काम गरिएको छैन ।

उनीहरुको स्वास्थ्य अवस्थाको निगरानी राख्दै आएका एक डाक्टरले कोरोना पोजेटिभ देखिएका सबैको अवस्था सामान्य मात्र नभएर स्वास फेर्नदेखि रुघाखोकी सम्मको समस्या नभएको बताए।

संक्रमितलाई कुनै लक्षण नदेखिए पनि उनीहरुलाई कुनैपनि बेला समस्या पर्नसक्ने कुरालाई ध्यानमा राखी सोही अनुसारको तयारी गरिएको छ । ८० प्रतिशत संक्रमितको अवस्था सामान्य हुने भएका कारण जोखिम फैलन सक्ने संभावना धेरै हुने मानिएको छ ।

उदयपुर त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा बस्दैै आएका ११ जना भारतीयसहित एकजना नेपालीमा कोरोना संक्रमित पुष्टि भएपछि उनीरुलाई कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको हो ।

उनीहरुसहित थप चारजनालाई पनि सँगै ल्याइएको छ । संक्रमित को–को हुन् भन्ने कुरा पहिचान गर्न नसकेपछि १६ जनालाई नै ल्याउनु परेको थियो । हाल संक्रमण पुष्टि नभएका चार जनाको पहिचान गरी उनीहरुलाई अर्कै स्थानमा क्वारेन्टाइनमा राखिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।